१४ कार्तिक २०८३, शनिबार

लमजुङमा सिंगो परिवारद्धारा विद्यालयलाई सहयोग (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lamjung-school (4)

लमजुङ, १२ माघ । लमजुङको भुलभुले गाविस ५, ताङ्लीचोक निवासी एक परिवारका सवै सदस्यले विद्यालयलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गरेको छ ।

बेलायती सेनाका सेवा निबृत्त ९९ बर्षीय बखानसिंह गुरुङले आफ्नो सहश्राब्दीको पूर्व सन्ध्यामा तराँचेस्थित महेन्द्रदेव माविलाई १ लाख ४० हजार ३ सय रुपैयामा ११ आना २ पैसा २ दाम क्षेत्रफल जग्गा खरिद गरी विद्यालयालाई दान गर्नुभएको छ । उहाँले उक्त जग्गा पुस १९ गते सम्पन्न विद्यालयको ६१ औँ बार्षिक उत्सवको अवसरमा दान गर्नुभएको हो । गुरुङका ५ छोरा र १ छोरी रहेका छन् । श्रीमति शीरकुमारी गुरुङको २ बर्षअघि निधन भइसकेको छ । गुरुङले वि.सं. २०६२ सालमा सम्पन्न विद्यालयको स्वर्ण महोत्सवको अवसरमा १२ हजार ५ सय ५५ रुपैयाँ सहयोग दान गर्नुभएको थियो । उहाँ बरिष्ठ आजीवन सदस्य बन्नुभएको थियो । त्यतिबेला उहाँका श्रीमती शीरकुमारी गुरुङले ५ हजार ५५ रुपैयाँ चन्दा प्रदान गरी विद्यालयको आजीवन सदस्य बन्नु भएको थियो ।

गुरुङ परिवारका कान्छो छोरा सुकप्रसाद गुरुङले विद्यालयलाई १ रोपनी १० आना २ पैसा क्षेत्रफलको जग्गा दान गरिसक्नुभएको छ । हाल बेलायत निवासी जेठा छोरा जगतबहादुर गुरुङले १ लाख १ सय १ रुपैयाँ प्रदान गरि विद्यालयको संस्थापक सदस्य बनिसक्नुभएको छ । बेल्जियम निवासी साहिँलो छोरा टंकप्रसाद गुरुङले ५० हजार १ रुपैया चन्दा प्रदान गरी संस्थापक सदस्य बन्नु भएको छ ।

यसै गरी स्वर्ण महोत्सवमा अन्तरे छोरा देवबहादर गुरुङले ६ हजार ५० र माहिँलो छोरा सोमबहादुर गुरुङले ५ हजार १, बुहारीद्धय कंगसरी गुरुङ र सीता गुरुङले जनही ५ हजार ५० रुपैयाँका दरले चन्दा प्रदान गरि आजिवन सहयोग बनिसक्नुभएको छ ।

यसै गरी बेलायत निवासी गुरुङका नातिनी जुनी गुरुङको नेतृत्वमा आफ्नो संस्था ब्लोस्सोम बडको तर्फबाट २०६८ सालमा विद्यालको सम्पूर्ण भवन, कक्षकोठा तथा परिसरमा विद्युतीकरण गर्न १ लाख सहयोग गर्नुभएको थियो । गुरुङ परिवारबाट कूल २ रोपनी ६ आना २ पैसा जग्गा विद्यालयालाई दान भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताउनुभयो ।

दान भएको जग्गामा गैरसरकारी संस्था ग्लोबल एक्सन नेपालको सहयोगमा अस्थायी कक्षा शिक्षणको निमित्त भूकम्प प्रतिरोधी २ कोठे अस्थायी भवन निर्माण गरिएको छ । सोही जगामा सोही संस्थाको सहयोगमा छात्र–छात्राको लागि शौचालय निर्माण भइरहेको विद्यालयका प्रधानाध्यापक सोमबहादुर भण्डारीले बताउनुभयो ।

भूमिदाता बखानसिंह गुरुङलाई प्रमुख अतिथि लमजुङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद जमीन्द्रमान घलेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । वहाँलाई ताङ्लीचोकस्थित वहाँकै घरबाट विद्यालयले पञ्चेबाजाका साथ विद्यालयमा ल्याएर भब्य स्वागत गरिएको विद्यालयका शिक्षक तेजु गुरुङले बताउनुभयो ।

Lamjung-school (1) Lamjung-school (2) Lamjung-school (3)  Lamjung-school (5) Lamjung-school (6) Lamjung-school (7) Lamjung-school (8) Lamjung-school (9) Lamjung-school (10)