८ कार्तिक २०८३, आइतबार

नाकाबन्दी लगाएको भारतले यसरी दिँदैछ नेपालीलाई राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-nepal-borderकाठमाडौं, १२ माघ । विद्युत् प्राधिकरणले अर्को सातादेखि भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ ।

नेपाल–भारतबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण सकिन लागेकाले त्यसैबाट थप ९० मेगावाट आयात गर्न लागिएको हो ।

९० मेगावाट थपिएपछि मुलुकमा लोडसेडिङ दुई घण्टा घट्ने प्राधिकरणका अधिकारीले बताए। अहिले दैनिक १५ घण्टासम्म लोडसेडिङ छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम यसै साता सम्पन्न हुँदैछ ।

फेब्रुअरी पहिलो साताभित्रमा उक्त प्रसारण लाइनबाट ९० मेगावाट बिजुली आयात गर्न थाल्नेछौं, त्यसले केही हदसम्म लोडसेडिङ घटाउन मद्दत पुर्‍याउने छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले भने ।

हाल प्राधिकरणले भारतबाट २ सय ३५ मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ ।

९० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय २५ मेगावाट पुग्नेछ, जुन हिउँदयाममा मुलुकभरका विद्युत् आयोजनाहरूबाट उत्पादन हुने कुल बिजुलीको हाराहारी हो ।