काठमाडौं, १२ माघ । नेपाली कांग्रेसले राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का अध्यक्ष शरतसिंह भण्डारीदेखि लिएर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वकृषिमन्त्री हरिनारायण यादवसम्मलाई पार्टीको क्रियाशील सदस्यका रुपमा कायम राखेको छ ।
कांग्रेस निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको क्रियाशील सदस्यको सूचीमा ११ औं महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका भण्डारीलगायतका पूर्व नेताहरुलाई समेत क्रियाशील सदस्यका रुपमा अद्यावधिक गरेको पाइएको समाचार राजधानी दैनिकले छापेको छ ।
क्रियाशील सदस्य छानबिन समितिको लापरबाहीका कारण अर्कै पार्टीका अध्यक्षलाई समेत कांग्रेसको क्रियाशील सदस्यका रुपमा अद्यावधिक गरेर गम्भीर त्रुटि गरेको पाइएको छ ।
भण्डारीको महोत्तरी ६ र यादवको महोत्तरी २ बाट क्रियाशील सदस्यको सूचीमा नाम रहेको छ ।















प्रतिक्रिया