७ कार्तिक २०८३, शनिबार

सरिता गिरीलाई दुई करोड २६ लाख जरिवाना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarita Giriकाठमाडौं, १२ माघ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण गर्न मतियार बनेको ठहर गरी काठमाडौं बस्ने सरिता गिरीलाई २ करोड २६ लाख रुपैयाँ जरिवान हुने ठहर गरेको छ ।

गिरीका पति निरञ्जन होजाई भन्ने भारतीय नागरिकलाई भने सर्वोच्चले ८ करोड रुपैयाँ जरिवाना गरी ४ वर्ष कैद गरेको छ । उनी निर्मल राई नामले नेपाली नागरिकता लिई नेपालमा बस्दै आएका थिए । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गरी ती दुईलाई उक्त सजाय गरेको हो ।

भारतीय नागरिक होजाई नेपालमा बसी हाउजिङ कम्पनी र गाडीको कारोबार गर्ने कम्पनी खोलेको र सो बमोजिम उल्लेख्यरुपमा घर र गाडीको कारोबार गरेको बताइएको छ । त्यस्तो कारोबार गर्दागर्दै गिरी र होजाईको विवाह भएको हो ।

भारतीय उग्रवादी संगठन ब्ल्याक विडो ग्रुप आसामका सैन्य कमान्डरका रुपमा कार्यरत रहेको बेला नेपाल प्रहरीले उनलाई पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको थियो ।