
काठमाडौं, ११ माघ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले उपरथी दर्जामा पदोन्नती भएका पाईलट सहायक रथी सुधिर श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
पाइलट श्रेष्ठलाई माघ ०८ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो ।
साथै, मन्त्रिपरिषद्कोे सोही बैठकले पाईलट श्रेष्ठलाईसैनिक हवाई महानिर्देशनालयको जिम्मेवारी सम्हाल्ने गरी उक्त महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको छ ।












प्रतिक्रिया