मोन्ट्रएल , (क्यानाडा) १० माघ । अमेरिकी राज्य मियामीबाट इटालीको मिलानतर्फ गइरहेको एक अमेरिकन एयरलाइन्सको विमान आइतबार क्यानाडामा आकस्मिक अवतरण गर्नुपरेको समाचार छ ।
सो अवतरणको क्रममा सात व्यक्ति घाइते भएका छन् । अमेरिकन एयरलाइन्सको फ्लाइट एए२०६ स्थानीय समयाअनुसार आइतबार ३ अपराह्न मियामीबाट उडेको जनाइएको छ ।
उक्त विमानलाई क्यानाडाको सैन्ट जिआन विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको अमेरिकन एयरलाइन्सद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
क्म्यानाडाको सञ्चार माध्यम सिबीसिकाअनुसार सो विमानमा १९२ जना यात्रु र ११ जना चालकदलका सदस्य रहेका थिए ।
सो दुर्घटनामा घाइते भएका सवैलाई उपचारार्थ अस्पताल लगिएको जनाइएको छ । घाइतेमा चार चालकदलका सदस्य र तीन यात्रु रहेका थिए । रासस/सिन्ह्वा















प्रतिक्रिया