१४ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिममा दुई लाख ७२ हजार लिटर इन्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol pump ma line

भीमदत्तनगर, ११ माघ । जिल्ला प्रशासन कार्यालय कैलालीको रोहबरमा आइतबार धनगढीमा दुई लाख ७२ हजार लिटर इन्धन वितरण गरिएको छ ।

कैलाली जिल्लाको इन्धन आपूर्ति व्यवस्थापन समितिले दिएको जानकारीअनुसार दुई लाख ३२ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल वितरण गरिएको हो ।

दुई लाख ३२ हजार डिजेलमध्ये कैलालीको राजमार्ग क्षेत्रका लागि १२ आयल स्टोरलाई ४९ हजार लिटर डिजेल पठाइएको छ । त्यस्तै, धनगढी—अत्तरियाका लागि एक लाख सात हजार लिटर डिजेल वितरण गरिएको छ ।

कञ्चनपुरको भीमदत्तनगर र बेलौरीका १३ पम्पहरुलाई ५२ हजार लिटर डिजेल वितरण गरिएको छ । यस्तै, धनगढी र भीमदत्तनगरका लागि २० हजार लिटर पेट्रोलसमेत वितरण गरिएको प्रशासनको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

पहाडी जिल्लाका लागि डडेल्धुराको उग्रतारा र दार्चुलाको बालिचन आयल स्टोरलाई समान १२ हजार लिटर डिजेल पठाइएको छ । यस क्षेत्रका विकास निर्माणका कार्यलाई अघि बढाउन निर्माण कम्पनीहरुलाई समेत इन्धन उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस