१४ कार्तिक २०८३, शनिबार

डोजरले थिचेर सहचालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dojer
फाइल तस्वीर

तनहुँ, ११ माघ । तनहुँको सामुङ् भगवतीपुर वडा नं ९ स्थित कालीगण्डकीमा निर्माणाधीन पक्की पुलको काम गर्ने क्रममा आइतबार साँझ डोजरले थिच्दा डोजरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा नवलपरासी जिल्ला डेढगाउँ निवासी २१ वर्षीय साजन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

उक्त क्षेत्रमा काम गर्ने क्रममा अचानक डोजर पल्टिँदा उत्तानो परेको र खन्ने भागले श्रेष्ठलाई थिचिरहेकोले शव निकाल्न नसकिएकाले बुटवलबाट क्रेन मगाएर शव निकाल्ने प्रयास गरिएको जिप्रका, तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै क्रेनका लागि प्रयास गरिएको बताउँदै डिएसपी सिंहले भन्नुभयो –“आज बिहान १० बजेसम्ममा घटनास्थलमा क्रेन पु¥याउने कसरत भइरहेको छ ।

उक्त घटनास्थल नवलपरासीको डेढगाउँ नजिक रहेकाले डेढगाउँको प्रहरी र तनहुँको बेलचौतरा र रिसिङको प्रहरी चौकीबाट प्रहरी खटाइएको उहाँले बताउनुभयो । रासस