१४ कार्तिक २०८३, शनिबार

बालिका बलात्कारको आरोपमा मुद्दा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeतुलसीपुर (दाङ), ११ माघ । एक पाँच वर्षीया बालिकालाई केहीदिन अगाडि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा फूलबारी गाविस–५ बगरपुरका ६० वर्षीय खुमबहादुर बुढाथोकी रहेका छन् ।

बालिकालाई ललाइफकाई गरी ढकनास्थित सामुदायिक नर्सरीमा लगी जबर्जस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएसँगै निजलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रोकाले जानकारी दिनुभयो ।

पक्राउ परेका बुढाथोकीलाई नियन्त्रणमा लिई आइतबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको रोकाले जानकारी दिनुभयो । रासस