
धनगढी, ११ माघ । धनगढी उप महानगरपालिकाले धादिङका भूकम्प प्रभावितहरुको प्रतिकार्यमा संलग्न टोलीलाई स्वागत गरेको छ ।
वैशाख १२ को भूकम्पपछि धादिङमा कार्यरत फाया नेपालको टोलीलाई धनगढी उप महानगरपालिकाले आइतवार धनगढीमा स्वागत गरेको हो । टोलीमा ५० जनाको सहभागिता थियो ।
स्वागत कार्यक्रमका क्रममा उप महानगरपालिकाका वरिष्ठ इन्जिनियर द्धिजराज भट्टले राष्ट्रिय भवन संहिताको कार्यान्वयनमा फाया लगायतका संस्थाको सहयोगमा उप महानगरपालिकाले गरेको प्रगतिबारे चर्चा गरेका थिए ।

उनले उप महानगरपालिकाले वर्षमा आठ देखि एक हजार घरका नक्सा पास गर्ने गरेकोमा अव भुकम्प प्रतिरोधी तरिकाले घर वने नवनेको सुपरभिजन गरेर घर वनि सकेपछि ठिक तरिकाले घर वनेको भएपछि मात्र अन्तिममा नक्सा पासको कागज दिइने वताए ।
सो अवसरमा वोल्दै फायाका मानवीय राहत सहायता कार्यक्रम, धादिङका टीम लिडर सचितानन्द जोशीले धनगढी उपमहानगरपालिका र धादिङको सरकारी निकाय वीच अनुभव आदान प्रदान गराउने उद्धेश्यले भ्रमण आदान प्रदान गराउने प्रयास गरिने वताए ।
स्वागत कार्यक्रमको उप महानगरपालिकाका वरिष्ठ लेखा प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीले संचालन गरेका थिए ।












प्रतिक्रिया