३० आश्विन २०८३, शुक्रबार

समुन्द्री बीचमा प्रवासी मञ्च कतारको वनभोज सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ONF-Quater (2)

– दिल कुमार श्रेष्ठ
दोहा । प्रवासी नेपाली मंच कतारले कतारको समुन्द्रमाथि वनाना आयरल्याण्डको नजिकै भब्य बनभोज गरि सम्पन्न गरेको छ ।

प्रवासी नेपाली मंच कतारले २२ जनवरीको दिनमा आउदै गरेको नंया साल २०१६ को शुभकामना आदान प्रदानको साथमा विविध सास्कृतिक कार्यक्रम समेत रहेको थियो ।

वैचारिक संगठन भएपनि हरेक नेपालीको हक, हितका र सामाजिक गतिबिधि साथ अगाडी बढेको संगठनको बनभोज कार्यक्रममा नेपाली दाजुभाई दिदीबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु तथा बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

मंचको बनभोज अहिले सम्मको नै फरक शैलीको रहेको थियो । ढुंगामा सरर नाच्दै गाउदै रमाइलो गर्दै समुन्द्रको मध्यभागमा बाँकि समय रमाइलो गर्दै बिताएका थिए । लगभग १५० जनाको हाराहारीमा मंचसंग सम्बन्धित सम्पूर्ण संगठनका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कतारमा जुन सुकै कार्यक्रम बनभोज होस् या सांगीतिक या अन्य कार्यक्रममा पनि भाषण सुनाएर हैरान पार्ने गरिन्छ तर मंचको बनभोजमा नाता कुनै भाषण थियो नाता कुनै विशिष्ट अतिथिहरु नै थिए । सबैलाई समान व्यवहारका साथमा जाने आउने देखि रमाइलो गर्ने बातावरण समेत समान नै थियो ।

ONF-Quater (1)

समुन्द्रको मध्य भागमा तिनओटा डुंगामा तैरिएर छुट्टै मनोरंजन लिईरहेका थिए । जनसंगीत मंचको सांगीतिक कोसेलीहरु बेलाबेलामा फरक शैलीमा प्रस्तुत भैरहदा कुना कुनामा सुनेर बसेकाहरु पनि नाच्नको लागी बीच भागमा आई पुग्थे । निकै रमाइलो बाताबरणमा छुट्टै मनोरम दृश्यको अबलोकन गर्दै समुन्द्रमाथि पानीको वेगसंगै रमाइलो गर्नु मज्जा नै मन लोभ्याउने खालको थियो ।

विशेष गरी उक्त सामद्रिक पिकनिकको आयोजना मञ्चका सास्कतिक विभागका सयोजक तथा सम्पुर्ण सदस्यहरुद्दारा मञ्चलाई विभिन्न समयमा पुर्यायन भएको सहयोगको उच्च सम्मान गर्दे उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

प्रवासी नेपाली मञ्च,कतारको आयोजनामा आयोजित सम्पन्न सामुद्रिक पिकनिक कार्यक्रम एउटा पृथक र नयापन सहितको उत्साह जनक सहभागिता रहयो । उक्त कार्यक्रम सफल वनाउनका लागि मञ्चका पदाधिकारीहरु, सचिवालय सदस्यहरु, राष्ट्रिय कमिटीका सदस्यहरु, सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु, ईलाका कमिटीका पदाधिकारी तथा सदस्यहरु, सम्पर्क मञ्चका साथीहरुको सहयोगप्रति अध्यक्ष रामहरि गैह्रेले हार्दिक आभार प्रकट गरेका थिए ।