१४ कार्तिक २०८३, शनिबार

राजधानीमा एकैदिन तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpurभक्तपुर, १० माघ । भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक बेवारिसे शव फेला परेको छ ।

आज काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा२ख ७६६४ नम्बरको मिनी ट्रकको ठक्करले सोही दिशातर्फ जाँदै गरेको बा५१प २०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका नारायणथान निवासी १७ वर्षीय अनुपशाह ठकुरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ठकुरीको भक्तपुुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै उहाँले ट्रकका चालक रोल्पा छवाङ घर भई हाल नगरकोट नगरपालिका सुडाल बस्दै आएका २२ वर्षका सुवास घर्तीमगर र ट्रकलाई नियन्त्रण लिएको बताउनुभयो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–७ नलिन्चोक बस्ने ७९ वर्षका शङ्खलाल घुसुजुको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका भाते ढिकुरमा राति नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घुसुजुको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक मित्र बन्धु शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी आजै भक्तपुर नगरपालिका सूर्यविनायक टुरिज्म मार्केट अगाडिको पार्टीमा एक बेवारिसे शव फेला परेको छ । अन्दाजी ७५ वर्षको एक पुरुषको शव फेला परेको उहाँले जानकारी दिनुभयो । रासस