७ कार्तिक २०८३, शनिबार

चीनका कारण नेपाललाई त्रास !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hydro-Dam-Arun-River

संखुवासभा । अरुण नदीमा चीनले तिब्बतर्फ बाँध बनाएपछि किमाथांकाबासी चिन्तित बनेका छन् वर्षात्का बेला उर्लिएर आएको बाढी घर छेउछाउ आउने आशंका स्थानीयलाई छ ।

बाँध निर्माणपछि किमाथांकापट्टि नदीले कटान सुरु गरेको छ । नेपाली सीमासँगैको अरुण नदीमा चीनले एक वर्षअघिदेखि एकतर्फी बाँध बनाई सडक निर्माण गरेपछि नदीले नेपाली भूमि कटान गर्न थालेको स्थानीय तेनछेबी भोटेले बताए ।

‘चागा बजारपट्टि जाली भरेर पर्खाल लगाइएको छ,’ भोटेले भने, ‘बाँधले नेपाली भूमि कटान थालेपछि हामीले नेपाली भूमि बचाउन रकम संकलन सुरु गरेका छौं ।’

८२ घरधुरी रहेको किमाथांकाका प्रत्येक घरले जेथा अनुसारको रकम संकलन गर्ने तयारी गरेको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।