१ कार्तिक २०८३, शनिबार

फ्रान्सका राष्ट्रपति अल्याण्ड आज भारत आउदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hollande

नयाँ दिल्ली, १० माघ । फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले भारतले फ्रान्ससँग किन्ने भनेको जेट विमानको खरिदका लागि आवश्यक सम्झौता गर्न समय लाग्ने बताउनुभएको छ ।

भारतले फ्रान्ससँग ३६ वटा नयाँ युद्धक विमान किन्ने विषयमा वार्ता सुरु गरेको थियो । तर पनि ती विमान किन्ने अन्तिम सम्झौताका लागि भने समय लाग्ने जानकारी उहाँले दिनुभएकोे हो ।

उहाँ आइतबारै भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्ली आउदै हुनुहुन्छ । नयाँ दिल्ली आउनुअघि भारतीय समाचार समिति, प्रेस ट्रष्ट अफ इन्डियालाई दिनुभएको अन्तरवार्तामा सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो- एक चरणको प्रक्रिया सुरु भएको हो र प्राविधिक रुपमा काम सम्पन्न हुन समय लाग्छ । तर प्रक्रिया भने पछि नहटेको उहाँले जानकारी दिनुभयो ।

साथै राष्ट्रपति अल्याण्डले ती विमान किन्ने विषयमा कुराकानी भइरहेको भएपनि पछिल्लो समयमा प्रगति भने हुन नसकिरहेको पनि जानकारी दिनुभयो ।

राष्ट्रपति अल्याण्ड आगामी जनवरी २६ मा मनाइने भारतीय स्वतन्त्रता दिवसमा प्रमुख आतिथ्यताका लागि आइतबारै भारत आइपुग्नुहुने जनाइएको छ ।

भारतले मनाउने यस दिवसमा प्रत्येक वर्ष विभिन्न विदेशी नेताहरुलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने गर्छ । यस पटक उहाँलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष फ्रान्सको राजधानी पेरिसमा भारतले फ्रान्ससँग अत्याधुनिक जेट किन्न चाहेको जानकारी दिनुभएको थियो ।

उहाँले भारतले आफ्नो सैनिक संगठनलाई छिमेकी देशहरु पाकिस्तान र चीनको तुलनामा बलियो र अत्याधुनिक बनाउन चाहेकोले ती लडाकू बिमानहरु किन्न लागेको जानकारी दिनुभएको थियो ।

यस नयाँ सम्झौताका कारण फ्रान्स र भारतबीचको सम्बन्धमा आगामी कैयौँ वर्षसम्मका लागि प्रगाढ हुने विश्वास लिइएको धारणा पनि राख्नुभएको थियो ।

सुरक्षामा कडाई
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवस विशेष समारोहलाई मध्यनजर गरी सुरक्षा व्यवस्थामा निकै कडाई गरिएको समाचारमा जनाइएको छ ।

हरेक वर्ष भारतमा मनाइने यस गणतन्त्र दिवसको कार्यक्रममा आतङ्ककारी आक्रमण हुनसक्ने भन्दै सुरक्षामा कडाई गर्ने गरिएको हो ।
सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरूको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ ।

नयाँ दिल्लीलगायत विभिन्न प्रमुख सहरमा राष्ट्रिय अनुसन्धान निकाय, नेसनल इन्भेस्टिगेसन एजेन्सीले देशव्यापी रूपमा सुरक्षाको कडा प्रबन्ध गरेको जनाएको हो ।

देशमा प्रजातान्त्रिक संविधान जारी भएपछि सन् १९५० देखि भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । रासस/एएफपी