७ कार्तिक २०८३, शनिबार

इन्धनको चरम संकट तत्काल हट्ने संकेत छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Nepaliकाठमाडौं, १० माघ । करीब ४ महिनायता देशले इन्धनको चरम संकट झेलिरहे पनि यो संकट तत्काल समाधान हुने संकेत भने अझै देखिएको छैन ।

नेपाल आयल निगमका अनुसार साविकको तुलनामा हाल उपत्यकामा पेट्रोल १४ प्रतिशत र डिजेल ५० प्रतिशत वितरण हुँदै आएको छ भने ग्यास एक तिहाइको हाराहारीमा मात्र वितरण भइरहेको छ । आर्थिक अभियान दैनिकले समाचार छापेको छ ।

गत असोजदेखि कुल आयातको ७० प्रतिशत पेट्रोलियम आयत हुने रक्सौल नाका बन्द हुँदा बाँकी नाकाबाट आयत हुँदै आएको ३० प्रतिशत पेट्रोलियम पदार्थबाट माग धान्नुपर्ने स्थितिका कारण संकट तत्काल समाधान हुन नसक्ने देखिएको छ ।

गत डिसेम्बरयतथा आयातमा केही सुधार देखिए पनि आयातमा भएको अत्यधिक कमीका कारण वितरण प्रणाली नराम्रोसँग खल्बलिएको छ ।

मागअनुसारको आपूर्ति नहुँदा कालोबजारले प्रश्रय पाएपछि आयल निगमको अर्को आलोचना हुँदै आएको छ ।