ललितपुर, ९ माघ । अखिल नेपाल महिला संघ ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को अध्यक्षमा मैया केसी चयन भएकी छिन् ।
शनिबार चापागाउँमा सम्पन्न जिल्ला निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कमिटीको पहिलो अधिवेशनले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
नयाँ कमिटीको उपाध्यक्षमा मुना केसी, सचिवमा गीता दाहाल, सहसचिवमा विन्दु पौडेल, कोषाध्यक्षमा सुभद्रा बजगाई चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा पार्वती तामाङ, सानुमैया विष्ट, गुणकुमारी तिमल्सिना, श्याममाया कार्की, सरला भेटवाल, रञ्जु अधिकारी, सुभद्रा दाहाल र विष्णु तामाङ रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै अनेमसंघकी केन्द्रीय सचिव एवम् एमाले केन्द्रीय कमिटीकी सदस्य सांसद सुशीला नेपालले आफ्नो हक अधिकारका लागि महिलाहरु एकजुट हुनुपर्ने बताईन् ।
उनले महिला सहभागिताका पक्षमा अनेमसंघले गरेको आन्दोलनले अहिले संविधानमा नै सहभागिताको सुनिश्चितता गर्न सकिएको बताइन् ।












प्रतिक्रिया