१४ कार्तिक २०८३, शनिबार

नगरपालिका कार्यकारीलाई चौबीस घण्टे कारवाही !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhakta-

– अमर सुनार
दैलेख, ८ माघ । दैलेखको नारायण नगरपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्ल २४ घण्टे कारवाहीमा पर्नुभएको छ ।

संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीको आदेशमा बाहेकका काम गर्न थालेको भन्दै २४ घण्टामा मन्त्रालयमा हाजिर हुन शुक्रवार भनिएको हो ।

नगरपालिकाको रिक्त सवओभरसियर पदमा नेपाली काँग्रेसको सिफारिसमा बिनय गुरुङ्गलाई नियुक्ति दिएको विषयमा ‘नियुक्ति बदर गर्न’ राज्यमन्त्री शाहीको आदेश नमानेको भन्दै मन्त्रालय प्रशासनले कार्र्यकारी अधिकृत मल्ललाई मन्त्रालयमा हाजिर हुन लिखित पत्र आएको हो ।

संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले गृह जिल्ला दैलेखमा आफू सम्वद्ध राप्रपा नेपालका कार्यकर्तालाई स्थानीय निकायमा नियुक्त गर्न र श्रोतहरु बाँड्न स्थानीय निकायका अधिकारीहरुलाई बढी दवाव दिएको आरोप छ । यसबारे राज्यमन्त्री शाहीको टिप्पणी माग्न पटकपटक टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।