१४ कार्तिक २०८३, शनिबार

घरमा जेठी श्रीमती हुँदाहुँदै कान्छी ल्याउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marriage-bhaugu-devarपाँचथर, ९ माघ । घरमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर चिलिङदिन–३ बस्ने २७ वर्षीय बुद्धिमान राई रहेका छन् । उनले घरमा जेठी श्रीमती हुँदाहुँदै लुङरुपा–६ बस्ने २२ वर्षीया पूजा फागोलाई दोस्रो विवाह गरेका थिए ।

फागोले दोस्रो विवाह गरेपछि जेठी श्रीमती दिलकुमारी नेम्बाङले बहुविवाहअन्तर्गत जाहेरी दिएकी थिइन ।

राईलाई पक्राउ गरी बहुविवाह ऐनअन्तर्गत जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । उनकी कान्छी श्रीमती पूजा फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरी निरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिनुभएको छ । रासस