१ कार्तिक २०८३, शनिबार

क्यानाडाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्यो, चारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolओटावा, ९ माघ । पश्चिमी क्यानाडाको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा पनि चार जनाको ज्यान गएको समाचार छ । मारिने विद्यार्थी वा को हुन भन्ने बारेमा केही खुलेको छैन ।

पश्चिमी क्यानाडाको एक विद्यालयमा शुक्रबार सो गोलीकाण्ड भएको थियो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडेउले सो घटना दुःखद भएको बताउनुभएको छ ।

प्रधानमन्त्री जस्टिन भने स्वीजरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनमा सहभागी हुनुहुन्छ ।

उहाँले डाभोसमै पत्रकार सम्मेलनको आयोजना गरी यस घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले पश्चिमी क्यानाडाको सासकेचवान प्रान्तको ला लोचेमा रहेको विद्यालयमा सो गोलीकाण्ड भएको जानकारी दिनुभयो ।

उहाँले सो काण्डमा परी चारजनाको ज्यान गएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

गोलीहान्ने व्यक्तिलाई हिरासतमा लिइएको छ । एक व्यक्तिले गोली चलाएको समाचार तत्कालै दिइएपछि आएको प्रहरीले सो व्यक्तिलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

एकजना युवकले विद्यालय भवनभित्र छिरेर गोली हानेको सो विद्यालयका विद्यार्थीले जानकारी दिएका छन् ।

उनीहरुले पनि सो केटा उक्त विद्यालयको विद्यार्थी हो वा होइन भन्ने बारेमा केही भन्न सकेका छैनन् । विद्यालयको फोनपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो ।

अन्धाधुन्ध गोली प्रहार गरिरहेको सो व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको बताइएको छ । प्रहरीले पनि सो व्यक्तिको बारेमा केही बताएको छैन ।

उक्त केटा सो विद्यालयको विद्यार्थी हो वा होइन र उसले के कति कारणले विद्यालय हाताभित्र गोली वर्षाएको हो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । रासस/एएफपी