काठमाडौं, ९ माघ । पूर्वराजपरिवारका सदस्यबाट दरबारमै लामो समय काम गरेका पूर्वप्रहरी निरीक्षक पीडित भएको पाइएको छ । राजपरिवारका सदस्यले करोडौं पर्ने जग्गा जालसाजीपूर्वक हडपेपछि उनी पीडित बनेका हुन् ।
पूर्वअधिराजकुमारी शान्ति सिंह निवास शान्ति कुञ्जमा सुरक्षा अधिकृतका रुपमा काम गर्ने प्रेमबहादुर शाहले काठमाडौं सतुंगलस्थित आफ्नो नाममा रहेको चार रोपनी जग्गा सिंहकै नातेदार राजेन्द्र सिंह, प्रीति सिंह र परी सिंह, मीना शाह तथा कामदारहरु इन्द्र गुरुङ, सुनीता गुरुङ, विनिता गुरुङका नाममा ‘बकस पत्र’ पास गरिदिएबापत दरबारले दिने भनिएको जग्गा अहिलेसम्म पास नहुँदा पूर्वप्रहरी निरीक्षक शाह पीडित बनेको राजधानी दैनिकले समाचार छापेको छ ।
लामो समय पूर्वअधिराजकुमारीका सन्तानले जग्गा पास नगरिदिएपछि अदालत पुगेको शाहले बताए ।
‘राजपरिवारका पूर्वसदस्यले मुद्दा फिर्ता लिन पटकपटक धम्कीसमेत दिँदै आएका छन्,’ उनले भने ।
पूर्वअधिराजकुमारका छोराले आफ्नो नाममा पास गरिदिनुपर्ने कलंकीस्थित पाँच रोपनी १४ आना जग्गा नदिएपछि पीडित शाहले अधिराजकुमारीका छोरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।















प्रतिक्रिया