काठमाडौं । अब लोकसेवा आयोगकी पूर्वअध्यक्ष डा कयोदेवी यमी तथा सदस्यहरू टीकादत्त निरौला र राजेन्द्रप्रसाद शाहले पदमा रहेकै अवस्थामा लिएको पेन्सनबापतको रकम फिर्ता गर्नुपर्ने भएको छ ।
तीनैजनाले पहिला सरकारी सेवामा गरेको कामको अवधि र पछि संवैधानिक निकायमा काम गरेको सेवाअवधि जोडी नयाँ पेन्सनपत्र माग गर्दै निजामती किताबखानामा निवेदन दिएका थिए ।
तर, किताबखानाले संवैधानिक निकायमा रहँदा पेन्सन र तलब दुवै लिएकाले सेवाअवधि थपेर नयाँ पेन्सनपत्र बनाउन अस्वीकार गर्दै आएको छ ।
सरकारको निर्णयअनुसार यमीले त्यतिवेला लिएको १२ लाख ८८ हजार पाँच सय ४२, निरौलाले लिएको १८ लाख ५३ हजार सात सय २० र शाहले लिएको १० लाख २० हजार दुई सय ९२ रुपैयाँ राज्यलाई फिर्ता गर्नुपर्ने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया