२९ आश्विन २०८३, बिहिबार

कम सुत्नु मानव स्वास्थ्यका लागि घातक, लाग्छन् यी रोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sleep_well

काठमाडौं । मानिसहरु विभिन्न कारणले पुरा समय सुत्न पाउँदैन् । तर, यसले स्वास्थ्यलाई ठूलो हानी गर्छ ।

एक अध्ययन अनुसार कम सुत्ने मानिसहरुमा विभिन्न रोगहरु देखा पर्छ ।

ती यसप्रकार छन्ः

मधुमेह: रातमा आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंकफुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।

क्यान्सर: राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्त्व शरीरबाट बाहिर निस्कन सक्दैन । शरीरमा त्यस्ता तत्त्व जमेर रहँदा अन्य रोग पनि  लाग्न सक्छन् ।

हृदयाघात: बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसाबमार्फत बाहिरिन्छन् । त्यस्तै, राति पूरा नसुत्दा ‘ब्लडप्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।

अलजाइमर: भरपुर सुत्दा दिमाग पुनर्जीवित र ताजा हुन्छ । दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएमा बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या जन्माउँछ । (नयाँ पत्रिकाबाट)