७ कार्तिक २०८३, शनिबार

भारतीय लगानी अफिमतिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aphim-3काठमाडौं, ८ माघ । अवैध लागूऔषध कारोबारीले गाँजासँगै अफिम खेतीमा लगानी गर्न थालेका छन् ।

गाँजाभन्दा मूल्य बढी आउनुका साथै थोरै जमिनमा लगाउन सकिने भएकाले भारतका कारोबारीले किसानमार्फत अफिम खेतीमा लगानी गर्न थालेका हुन् ।

नामटारका सामाजिक कार्यकर्ता प्रकाश मैनालीका अनुसार नामटारमा मात्र गाँजा र अफिम खेतीमा दक्ष जनशक्तिको रुपमा काम गर्न पाँच टोलीमा १५ जना भारतीय खटिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । ‘उनीहरुले मध्यस्थकर्ताको काम गर्छन,’ मैनालीले भने ।

प्रहरीले यस वर्षमात्र ६४ बिघा १९ कठ्ठा अफिमको व्याड नस्ट गरेको जनाएको छ ।

प्रहरीले सुगम क्षेत्रका ब्याड नष्ट गरेपनि अझै धेरै ब्याड बाँकी रहेका छन् ।

चालु आर्थिक वर्षमा लागू औषध खेती गर्ने ११ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीको तथ्यांकमा उल्लेख छ ।