काठमाडौं, ८ माघ । सार्वजनिक जीवनको मान्यताविपरित सरकारी उच्च पदवाट निवृत्त भई संवैधानिक पदमा बहाल व्यक्तिहरु अधिकांशले दोहोरो पेन्सन र सुविधा उपभोग गर्दै आएका छन् ।
राज्यकोषमा वार्षिक रुपमा चर्को भार पार्ने गरी यस्तो सुविधा लिनेमा संवैधानिक पदमा निर्धारित अवधि पूरा गरेका प्रतिष्ठितहरु पनि छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत अन्य संवैधानिक आयोगहरु र कानुनद्वारा गठन भएका अन्य आयोगका केही अध्यक्ष तथा सदस्यहरु पनि राज्यकोष दोहन गर्दै सेवासुविधा भोग गर्नेमा परेका छन् ।
दोहोरो सेवा सुविधा लिएका एमाओवादीका तर्फवाट लोकसेवा आयोगको अध्यक्षका रुपमा पदावधि पूरा गरेकी कयोदेवी यमी, कांग्रेसका तर्फवाट सिफारिस आयाग सदस्य टीकादत्त निरौला र राजजेन्द्रप्रसाद शाहले ६ वर्षे संवैधानिक पदावधि पूरा गरेपछि थप पेन्सन माग गर्दै निवेदन दिएपछि यो प्रकरण सार्वजनिक भएको हो । कयोदेवी बाबुराम भट्टराईकी दिदी सासु हुन् ।















प्रतिक्रिया