१४ कार्तिक २०८३, शनिबार

आफूप्रति न्याय गर्न कांग्रेस वरिष्ठ नेता देउवाले जोडे हात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bhadur-Deubaलुम्बिनी (रुपन्देही), ७ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले पार्टीमा कुनै अन्याय नगरेको उल्लेख गर्दै एकपटक आफूलाई न्याय दिलाउन आग्रह गर्नुभएको छ ।

काँग्रेस रुपन्देहीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता देउवाले १३आँै महाधिवेशनपछि पार्टीमा गुटउपगुट नरहने दाबीसमेत गर्नुभयो ।

काँग्रेसलाई एकताबद्ध बनाउन आफूले निरन्तर दुःख गरिरहेको बताउँदै अबको पार्टी सभापतिमा विजयी बनाउन उहाँले कार्यकतामाझ आग्रह गर्नुभयो ।

महाधिवेशनलाई लक्षित गर्दै देश दौडाहमा रहनुभएका वरिष्ठ नेता देउवासँग आउनुभएका आधा दर्जन बढी केन्द्रीय सदस्यले आशन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताउनुभएको थियो ।

जिल्ला सभापति अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड, डा प्रकाशशरण महत, चन्द्र भण्डारी, गगनकुमार थापा, गोविन्द भट्टराई, श्याम घिमिरे, सुरेन्द्र पाण्डेलगायतले अबको महाधिवेशनमा नेता देउवालाई विजयी बनाउन आग्रह गर्नुभएको थियो । रासस