
काठमाडौं, ७ माघ । नेपाली सेनाले रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ ।
विहीबार सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डालेसार्वजनिक सूचना जारी गरी एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ । जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् ।
आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन् । इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने बताइएको छ ।
उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ । उम्मेदवारहरुका लागि आवश्यक शैक्षिक योग्यता मागको भएपनि उमेर हद तोकिएको छैन् ।
















प्रतिक्रिया