
यूएई । प्रवासी नेपाली मन्च यूएईको गत शुक्रवार सम्पन्न चौथो अधिबेसनले सर्वसम्मत रुपमा श्याम कंडेललाई नेतृत्वमा निर्वाचित गरेको छ । चितवन स्थायी घर भएका कंडेल बिगत एक दशक देखि यूएई बस्दै आएका छन् । २०४८ सालमा पार्टी संगठित सदस्यता लिएका उनि यूएईमा एमालेका पुराना सदस्य हुन्। एमालेको नवौं महाधिबेसनमा यूएई कमिटीको तर्फबाट उनैले प्रतिनिधित्व गरेका थिए ।
आबुधाबिमा भएको उक्त चौथो अधिबेसनले सहमतीय प्रकृयामा २६ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेकपा (एमाले)को प्रवास संगठनको रुपमा रहेको मन्चको चौथो अधिबेसनमा एमाले केन्द्रिय कमिटी सदस्य श्रीप्रसाद साह प्रमुख अतिथि रहेका थिए । साह एमालेका खाडी संगठन इन्चार्ज समेत हुन् । मन्चले पूर्ण समावेशी कमिटी निर्माणको अवधारणालाई अघि सार्दै चौथो अधिबेसनबाट आरक्षणको प्रस्ताव सर्वसम्मतीले पास गरेको छ भने यसै कर्यकलबाट कार्यन्वयन समेत गरेको छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा मोति राई, महेश, गिरी र भिम बहादुर गुरुङ रहेका छन् भने महासचिवमा उत्तम अधिकारीलाई दोहोर्याईएको छ । त्यसैगरी सचिवहरुमा भेसराज ढकाल र कृष्ण प्रसाद पौडेल निर्वाचित भएका छन् । सदस्यहरुमा खुल्ला तर्फ दामोदर दाहाल, राजेश बोहोरा, श्रीकृष्ण राउत, प्रबिन पोखरेल, सुजन भाइ जोशी, नेत्र शर्मा, रमण दाहाल, सुदिप खराल, मनोज नेपाल रहेका छन् । त्यसैगरी जनजातीबाट भक्त बहादुर तामाङ र शिबजङ गुरुङ, महिलाबाट सरस्वति न्यौपाने (कोइराला), मुस्लिमबाट मोहमद समिम, दलितबाट बिमल बहादुर बि.क, मधेसीबाट गणेश बर्मा र भूगोलतर्फ दुबई क्षेत्रबाट यादव अर्याल, आबुधाबी क्षेत्रबाट लेखनाथ नेउपाने,सारजाह क्षेत्रबाट वसन्त केसि,फुजिरा क्षेत्रबाट दिपा पाण्डे रहेका छन् ।
कार्यक्रममा प्रवासी नेपाली मन्च कतारका अध्यक्ष रामहरी गैह्रे र प्रवासी नेपाली मन्च ओमानका अध्यक्ष गगन कार्की तथा सचिव रंजित आचार्यको अतिथ्यता रहेको थियो । शुक्रवार मध्यान्ह शुरु भएको अधिबेसनको उद्घाटन समारोहका क्रममा मन्चका बिभिन्न अभियान र कार्यक्रमहरुमा नियमित रुपमा सहयोग पुर्याउने व्यक्तित्वहरुलाई “सहयोगीलाई सम्मान” कार्यक्रम अन्तर्गत सम्मान गरिएको थियो । कार्यक्रम सभापति श्याम पाठक, प्रमुख अतिथि साह तथा अतिथिहरुद्वारा संयुक्त रुपमा सहयोगीलाई सम्मान गरिएको हो ।
अपरान्ह ४ बजे शुरु भएको बन्द सत्र कार्यक्रममा अधिबेसन आयोजक कमिटिका उप संयोजक श्याम पाठक, महासचिव उत्तम अधिकारी र सचिव भेसराज ढकालले क्रमश: राजनैतिक, सांगठानिक तथा कार्यपत्र र आर्थिक प्रतिबेदनहरु प्रस्तुत गरेका थिए । प्रतिबेदनमा नेपालको समसामयिक राजनैतिक अवस्था, बैदेशिक रोजगारी र श्रमिकहरुले भोगिरहेका समस्या तथा बैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकलाई राज्यले उपलब्ध गराउनु पर्ने सुबिधा, प्रवासमै रहेर पनि आम निर्वाचनमा मतदान गर्न पाउनुपर्ने अधिकार सम्बन्धि बिषयहरुलाई प्रमुखताका साथ उठाईएको छ । आर्थिक प्रतिबेदनमा झन्डै ८५००० दिर्हाम आय र झन्डै ७०००० दिर्हाम खर्च समेटिएको आर्थिक प्रतिबेदन पेश भएको थियो । मन्चले बिगत २ वर्षमा बिभिन्न सिर्सकमा ११ लाख रुपैया भन्दा धेरै आर्थिक सहयोग प्रदान गरेको प्रतिबेदनमा उल्लेख छ ।
प्रतिबेदनहरुमाथि बृहत बहस पश्चात सुझाव सहित पारित गरेपछि मात्रै औपचारिक रुपमा नयाँ कमिटी चयनको प्रकृया शुरु भएको थियो । दुर्गालाल शर्मा संयोजक र नारायण प्रसाद अधिकारी तथा कृष्ण अर्याल सदस्य रहेका निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयनको लागि आवस्यक प्रकृया अघि बढाएको थियो । रामहरी गैह्रेको संयोजकत्व तथा गगन कार्की, सुर्य प्रसाद पाठक र तारापति सुबेदी सदस्य रहेका अध्यक्ष मण्डल र निर्वाचन कमिटीले सहमतिका लागि उपलब्ध गराएको समय भित्रमा नेतृत्व तहले सहमति गरेर श्याम कंडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा अघि सारेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि साह तथा अन्य अतिथिहरुले निर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै शुभकामना मन्तब्य प्रस्तुत गरेका थिए । उपाध्यक्ष मोति राईबाट स्वागत मन्तब्य प्रस्तुत भएको उक्त चौथो अधिबेसनको कार्यक्रम महासचिव उत्तम अधिकारीले संचालन गरेका थिए । कार्यक्रममा विघटित कमिटीका सदस्य कृष्ण प्रसाद भुसाललाई स-सम्मान बिदाई गरिएको थियो । गैर आवासीय नेपाली संघ यूएईका पूर्वअध्यक्ष समेत रहिसकेका भुसाल झन्डै डेढ दशक लामो यूएई बसाईंलाई अन्त्य गर्दै नेपाल फर्कैदैं गरेकाले बिदाई गरिएको हो । (न्यूज हिमालयबाट)















प्रतिक्रिया