१४ कार्तिक २०८३, शनिबार

गुल्मीमा ६२ बालबालिका हराए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gulmi-Map

– अनिल खत्री
गुल्मी ७ माघ । जिल्लामा गएको साउन यता ६२ जना महिला तथा बालबालिका हराएका छन् । हराउने ६२ जना मध्ये १८ जना फेला परेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा तथ्याङ्क छ ।

साउन महिना देखि हाल सम्म ५० जना महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । आठ बालक र चार बालिका गरी १२ बालबालिका हराएका छन् । हराउने ५० महिला मध्ये १५ महिला पछि प्रहरी तथा परिवारको सम्पर्क आए । भने तीन बालक र एक बालिका फेला परेका छन् । पछिल्लो समय जिल्लामा हराउने बालबालिकाको सङख्या बढ्न थालेको छ । अभिभावकै व्यवस्थाका कारण कतिपय बालबालिका हराउने गरेको असई सत्यनारायण यादवले बताए ।

माघ १ गते जिल्ला प्रहरी कार्यालयले बाबा आमाको व्यवस्थाका कारण अलपत्र परेका दुई बालकलाई अभिभावको जिम्मा लगाएको छ । १० बर्षिय आशिष र आठ बर्षिय कपिल नाम बताउने बालकलाई परिवारको जिम्मा लगाइएको हो । जिल्लाको पौदीअमराई मावली तथा मल्दी घर बताउने उनीहरु मावली हजुरबुवा कविराम परियार संग भारतबाट तीन दिन अघि गुल्मी आएका थिए । हजुरबुवासंग सदरमुकामकै एक होटलमा रहेका उनीहरु फर्किएर उर्लेनी पुगेको अवस्थामा प्रहरीले भेटाएको थियो । बालकका बाबा आमा भारतमा मजदुरी गर्छन । अत्यधिक मदिरा सेवन गर्ने तथा परिवार र बालबच्चाको व्यवास्था गरेका कारण आफुले ति बालकलाई मावली लिएर आएको हजुरबुवा कविरामले बताए । प्रहरीले ति बालकलाई कान्छी हजुरआमा कमला परियारको जिम्मा दिएको छ ।

महिला तथा बालबालिका सेलकी तारा घर्तिमगरका अनुसार हराउने अधिकाँश महिला परपुरुषसंग बिबाह गर्ने र पछि मात्र सम्पर्कमा आउने गरेका छन् । हराएको लामो समय सम्म परिवारको सम्पर्कमा नआएपछि प्रहरीमा निवेदन आउने गर्दछन् घर्तिमगरले भनिन तर त्यस्ता महिला पछि अर्कैसंग बिबाह गरेको अवस्था भेटिइने गरेको छ ।