७ कार्तिक २०८३, शनिबार

ह्याट्रिक गर्ने नवयुग भन्छन्– ‘गोल जसरी नि गरिन्छ भन्थे, ह्याट्रिक भइदियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabayouge- (1)

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विके कुथु एकै क्लब त्रिभुवन आर्मीका खेलाडी हुन् । यी दुई अहिले ढाकामा होटलको एउटै कोठामा बस्छन् । अर्थात् रुम मेट हुन् । नवयुगले मंगलबार बिहानै माल्दिभ्सविरुद्द आफूले गोल गर्ने विकेशलाई बताएका थिए ।

‘उनले बिहानै आज गोल गर्छु भनेका थिए । उनी कन्फिडेन्स देखिएका थिए,’ विकेशले ढाकाबाट भने, ‘राम्रो खेल्दै गोल गरेर उनले आफ्नो बाचा पूरा गरे ।’ उनले अन्तर्राष्ट्रिय फुटबलमा गोलको खाता मात्रै खोलेनन् , ह्याट्रिक नै गरे । त्यसैले नेपाल माल्दिभ्सलाई ४–१ ले हराएर बंगबन्धु गोल्डकपको फाइनलमा नै पुग्यो ।

खेलमा ह्याट्रिक गरेर चर्चामा आएका नवयुग आफैंले पनि ह्याट्रिक गर्ने सोचेका थिएनन् । ‘गोल जसरी नि गरिन्छ भन्ने जोसमा खेल सुरु गरेको थिएँ, तर ह्याट्रिक नै गर्नेचाहिँ सोचेको थिइनँ,’ उनले भने, ‘यसले धेरै खुसी बनायो ।’ कान्तिपुर दैनिकमा खबर छ ।