३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prawasi– विजय थापा
वाशिंगटन डिसी । सन् २०१२ देखि नै अमेरिकामा कृयाशिल रहेको प्रवासी नेपाली एकता समाजले अमेरिकामा छिट्टै सम्मेलन गर्ने हेतुले प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
 
राप्रपा नेपालका केन्द्रिय सदस्य तथा प्रवास हेर्ने र लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आएका प्रेम कुमार श्रेष्ठले एक छापा बिज्ञप्ति मार्फत सहयोगी, शुभेच्छुक, शुभचिन्तक तथा साथीहरुसंगको परामर्षले आयोजक समिति गठन गरेको उल्लेख गरेका छन् ।
 
र उक्त छापा बिज्ञप्तिमा उनले फरक परिस्थिती, आवश्यकता वा बाध्यताले अमेरिकामा रहे पनि जन्मभूमि नेपाल र त्यहाँ विकसित हुने राजनीतिक घटनाक्रमले संधै छोई रहने उल्लेख गरेका छन् । नेपालमा संविधानसभाबाट नयाँ संविधान लेख्ने काम सम्पन्न हुनु नै स्वागत योग्य भनि चर्चा गरिएको छ ।
 
प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै गैर आवासीय नेपाली संघ अमेरिकाका पूर्व वरिस्ठ उपाधक्ष्य तथा ब्यबसायी लोकनाथ तिवारीको सम्योजक्तत्वमा एक उप संयोजक तथा महासचिब लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त रहेका ३७ जनाको समिति सदस्यहरुको गठन गरिएको छ ।
 
यसै गरि सम्मेलनलाई ऐतिहासिक सफलत बनाउन २५ जना सल्लाहकार समितिको समेत गठन गरिएको छ । उक्त छापा बिज्ञप्तिमा नेपालमा विकसित हुँदै गरेको प्रजातन्त्रिक विधि र मानव अधिकारप्रतिको सम्मानित राजनीतिक व्यवहार सह्रानीय छ भनि उल्लेख गर्दै तर धर्म निरपेक्षताको नाममा बहुसंख्यक हिन्दुहरुको पहिचानमा धक्का पुगेको कुरा पनि उत्तिकै गंभिर विषय हो भनि ध्यानाकर्षण गराईएको छ ।
 
साथै, राष्ट्रिय सम्मेलन आयोक समितिको पहिलो बैठकले निकट भविष्यमै राष्ट्रिय सम्मेलनको मिति, स्थान निर्धारण गर्ने, र सम्मेलन सम्पन्न गर्न आवस्यक उपसमितिहरु गठन गर्ने समेत श्रेष्ठले बताएका छन् ।
 
उक्त सम्मेलनको लागि परराष्ट्र तथा उपप्रधानमन्त्री कमल थापा पनि प्रमुख अतिथिको रुपमा आउनु हुने आयोजकले बताएका छन् ।