१४ कार्तिक २०८३, शनिबार

माइक्रोबसको ठक्करबाट घाइते खनालको काठमाडौँमा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

New Road KTM

तनहुँ, ७ माघ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ५५०२ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएका भरतपुर नगरपालिका–६ निवासी ३७ वर्षीय सुजन खनालको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ पृथ्वी राजमार्गको बन्दीपुर नगरपालिका–४ ठूल्ढुङा भन्ने स्थानमा विपरीत दिशामा गुडिरहेको ना२५प ९१६९ नं को मोटरसाइकललाई उक्त माइक्रोबसले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार सुजनका ६० वर्षीय बुबा बद्रीको उपचारका क्रममा हिजै डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो ।

त्यस्तै नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग१ख ५६१७ नं को ट्रक गएराति व्यास नगरपालिका–१ तालघरेमा पल्टिएर दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि ट्रकमा रहेको आलु सडकभरि पोखिएको छ । रासस