१४ कार्तिक २०८३, शनिबार

विश्वमै अग्लो श्रीकृष्ण भगवानको मूर्ति नेपालमा निर्माण हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lord-Krishna (2)नवलपरासी, ६ माघ । पूर्व पश्चिम राजमार्ग भएर नवलपरासी हुँदै रूपन्देही तर्फ जाने तथा रूपन्देही तर्फबाट आउने यात्रुहरूले नवलपरासी जिल्लाको सुनवल न.पा. ४ रमुवापुरमा निर्माण हुँदै गरेको ७१ फिट्को भगवान श्रीकृष्णको दामोदर अवतारको मूर्ति हेर्नकै लागि सवारी साधन रोकेर केही समय अडिने गर्न थालेका छन् ।

सो स्थानमा निर्माण भइरहेको छ सम्भवतः संसारभरीमै अहिलेसम्म निर्माण भएका श्रीकृष्णको मूर्तिहरूमा सबैभन्दा अग्ला दामोदर अवतारको मूर्ति ।

पूर्वपश्चिम राजमार्गमै पर्ने तथा नेपालकै मध्यवर्ती जिल्लामा बन्न लागेको यो धार्मिक कृत्यले धार्मिक विकास एवम् पर्यटनमा ठूलो भूमिका निर्वाह गर्नसक्ने अनुमान गरिएको छ । संस्कार पाठशाला अभियानकी अभियन्ता देवी घिमिरेको अध्यक्षतामा गठन भएको मूर्ति निर्माण समितिले सो कार्यलाई निरन्तरता दिइरहेको बताइन्छ । अध्यक्ष घिमिरेका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

महिलाहरूको विशेष अगुवाइमा निर्माण भइरहेको र नेपालका प्रथम महिला राष्ट्रपतिबाट अनावरण गराउने लक्ष्य एवम् कार्यक्रम रहेको अध्यक्ष घिमिरेले न्यूज टिमलाई बताउनु भएको छ । सो मूर्ति निर्माणको कार्यको अनुमानित लागत रु. पचास लाखको स्टिमेट गरिएको मूर्ति निर्माण समितिकी कोषाध्यक्ष डिलकुमारी बुढाले जानकारी गराउनु भयो । यस स्थानका महिला दिदी बहिनीको विशेष सक्रियतामा सम्पन्न हुन गइरहेको यो कार्यले धर्म, संस्कार संरक्षणको लागि मातृशक्तिले खेलेको यो भूमिकालाई हाम्रो समाजले उदाहरणीय रूपमा सम्मानपूर्वक लिने कुरामा आफूले विश्वास लिएको समितिका महासचिव रामबहादुर महराले बताउनु हुन्छ ।

Lord-Krishna (1)

यो पवित्र कार्यमा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्त्व एवम् सामाजिक संघसंस्था र उद्योग व्यवसायीहरूको सहायोग एवम् योगदान रहेको र उहाँहरू सबैप्रति आभार व्यक्त गर्दै भगवान श्रीकृष्ण दामोदरको अनुकम्पा सधैं रहोस भन्ने प्रार्थना मूर्ति निर्माण समितिको तर्फबाट गरिनै रहिएको समितिकी सचिव सरस्वती रेग्मीले व्यक्त गर्नु भयो ।

Devi-Ghimire
देवी घिमिरे

बुद्धनाथ लुम्बिनी, देवदह, त्रिवेणी, दाउन्नेदेवी, राम्दी, रुरु लगायतका धार्मिक नामले प्रख्याति पाउँदै आएको लुम्बिनी अञ्चलको धार्मिक महिमामा अब विश्वमै अग्लो श्रीकृष्ण दामोदर भगवानको मूर्तिको प्रसङ्ग पनि जोडिने छ । जसले नेपालको धार्मिक गरिमालाई विश्वको सामु अझै उजागर गर्न मद्दत गर्नेछ । धार्मिक आस्था, संस्कार, संस्कृति, पर्यटन आदि क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने सत्कृत्य गरेर योगदान गर्ने पात्रहरूधन्य छन् र हुनेछन् ।