भक्तपुर, ६ माघ । भक्तपुरको सूर्यविनायकमा १८ वर्षका एक युवालाई अपरिचित दुई जनाले खुकुरी प्रहार गरी आज गम्भीर घाइते बनाएका छन् ।
सूर्यविनायक गणेश मन्दिर जाने उकालोस्थित प्रगतिटोल जाने सडकमा अपरिचित दुई युवाले मोबाइल खोस्दा नदिए पछि खुकुरी प्रहार हुँदा प्रगतिटोल बस्ने वर्ष १८ का अनुप अधिकारी गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते अधिकारीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि त्रिवि शीक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरीवृत्त जगातिका प्रहरी नायब उपरीक्षक मित्रबन्धु थापाले जानकारी दिनुभयो ।
घटना अनुसन्धान सुरु गरी खुकुरी हान्नेको खोजी आजैबाट सुरु भएको उहाँले बताउनुभयो । रासस












प्रतिक्रिया