१४ कार्तिक २०८३, शनिबार

ललितपुरमा कालोबजारी गर्ने ग्यास स्टोरका संचालक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gas

ललितपुर, ६ माघ । ग्यास कालोबजारीमा संलग्न एक ब्यक्तिलाई महानगरीय प्रहरी परिसर ललितपुरले आज पक्राउ गरेको छ ।

चाकुपाटस्थित राजेश स्टोरका संचालक राजेश महर्जनलाई अबैध ढंगले ललितपुर, ठाडोढुंगास्थित दिपक महर्जनको घर टहरामा रहेका ग्रीन हर्ट रेष्टुरेण्टमा लुकाई छिपाई राखेको अवस्थामा ७ वटा श्री राम ग्यासको सिलिण्डरसहित प्रहरीले पक्राउ गरेको हो ।

निज राजेश महर्जललाई यस भन्दा पहिले देखि नै अबैध कारोवारमा संलग्न रहेको आशंकामा प्रहरीले निगरानी बढाईरहेको परिसर प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले बताउनुभयो ।

चाकुपाट निवासी महर्जनले सो स्थानमा वषौं पहिला देखि नै उक्त ग्यास पसल संचालन गर्दै आएका थिए ।

निजले आफुले संचालन गरेको पसलमा ग्यास वितरणको लागी नराखी ठाडोढुंगा स्थित वन्द रेष्टुरेण्टमा लगी स्टोर गरी कालोबजारी गरी रहेको सूचनाको आधारमा निजलाई नियन्त्रणमा लिई कालोबजारी शिर्षक अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको अनुसन्धान प्रमुख तथा प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक दयानिधी ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार निजको अन्य संलग्नताको बारेमा थप अनुसन्धान भईरहेको छ ।