१४ कार्तिक २०८३, शनिबार

एक वर्षभित्र लोडसेडिङ हटाउन उर्जामन्त्रीको दौडधुप तिव्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Topbahadur Rayamajhiहेटौँडा, ६ माघ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मध्यमाञ्चल क्षेत्रीय विद्युत् प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्र र निर्माणाधीन कुलेखानी तेस्रो आयोजनाको आज अपराह्न स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा सम्बोधन गर्दै उहाँले सरकारले एक वर्षभित्र विद्युत् भार कटौती मुक्त गर्ने कार्ययोजनालाई क्रियाशील तुल्याउन हाइड्रो पावर र डिजल प्लान्ट विस्तार गरी उत्पादन वृद्धि गर्ने लक्ष्य रहेकामा कर्मचारीले इमान्दारिताकासाथ उक्त योजनालाई सफल तुल्याउन निर्देशन दिनुभयो ।

मध्यमाञ्चल क्षेत्रीय विद्युत् निर्देशक दीर्घायु श्रेष्ठले मध्यमाञ्चलको तराई र पहाडी जिल्लामा नयाँ विद्युत्लाइन विस्तार र वितरण कार्य भइरहेको प्रविधिको विवरण प्रस्तुत गर्नुभएको थियो । रासस