७ कार्तिक २०८३, शनिबार

मधेसीलाई प्रधानमन्त्री ओलीको कडा प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली मधेस आन्दोलनमाथि कडा रुपमा प्रस्तुत भएका छन् ।

‘युरोप, अमेरिका र जापानका घर–घरमा पाइपलाइनमार्फत ग्यास पुर्‍याइन्छ । तर, नेपालमा पनि यस्तो सम्भव छ है, भन्दा सारा बुद्धिजीवी भनाउँदाहरू, सामाजिक सञ्जालवालाहरू ममाथि खनिएका छन् । संसारको कुनचाहिँ देशमा सेना समावेशी सिष्टम छ ? व्यक्तिगत रूपमा कसैले भेदभावको सिकार भएर प्रवेश नपाउँदाको एउटा कुरा तर हामीलाई सामूहिक रूपमा सेनाभित्र आरक्षण चाहियो भन्दैमा कहाँ पाइन्छ ? भोलि मधेसलाई चन्द्रमा चाहियो भन्न थाल्लान् । कसले दिने चन्द्रमाको हिस्सा ?’

सोमबार बिहान एमाले सांसदीय दलको बैठकलाई बालुवाटारमा संबोधन गर्दै प्रम केपी ओली यसरी प्रस्तुत भए । दक्षिणी छिमेकीप्रति पनि उनको आक्रोश थियो । भने, ‘हामीलाई स्वतन्त्र राष्ट्रका रूपमा बाँच्न दिएनन् । आफ्नै इच्छा लाद्न खोजे ।’

पूर्वअध्यक्ष र प्रधानमन्त्री झलनाथ खनालले भारतको टु नेशन थ्यौरीबारे प्रष्ट पार्न खोजे । पूर्वी र पश्चिमी पाकिस्तान भन्दै बंगलादेश टुक्य्राउने सफल रणनीति बनाएको, श्रीलंकामा तमिल र सिंहालीबीच द्वन्द्व चर्काएर देश टुक्य्राउन थालिएको उदाहरणसहित भने, ‘तर सारा सिंहालीको एकताका अगाडी श्रींलकाभित्र अर्को बंगलादेश जन्माउने भारतीय चाहना पूरा हुन सकेन । जनआस्था साप्ताहिकमा खबर छ ।