३० आश्विन २०८३, शुक्रबार

स्वदेशी पुँजीबाटै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ, छिटै सिलान्यासः पर्यटनमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ananda prashad pokhrel

काठमाडौ, ६ माघ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले स्वदेशी पुँजीबाटै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनासहित काम भईरहेको भन्दै छिट्टै सिलान्यास गर्ने जानकारी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ निजगढ विमानस्थाल निर्माण पाँच चरणमा काम सक्ने गरी ७ खर्वको बजेट अनुमान गरिएको छ । तर एयरपोर्ट सीटि जस्तो विषयहरुलाई छाडेर पौने दुई खर्वमा दुई चरणको काम राष्ट्रिय पुँजीबाट सम्पन्न गरेर विमानस्थल निर्माण गर्ने योजनामा प्रधानमन्त्रीसँग कुरा राखेको छु । उहाँ पनि सकारात्मक हुनु हुन्छ । सबै कुरा मिल्यो भने छिट्टै सिलान्यास हुन्छ ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतिवमा भएको साक्षात्कारमा मन्त्री पोखरेलले गौतमबुद्ध विमानस्थल तिब्रताकासाथ निर्माण भईरहेको र पोखरा विमानस्थल आगामि फागुन १३ गते भित्रमा सबै कुरा टुङग्याएर सिलान्यास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले भने– ‘गौतमबुद्ध विमानस्थल निर्माणको काम सुचारु भएको छ । १३ प्रतिशतबाट ८ प्रतिशत डिलेमा घटेको छ । पोखरा विमान स्थल निर्माणको चिनियाँ राजदूत र नेपालका अर्थमन्त्रीसँग कुरा भएको छ । अब फागुन १३ गतेसम्ममा सिलान्यास गराउँछु ।’

मन्त्री पोख्रेलले ७५ वटै जिल्लामा विमानस्थल निर्माण गर्ने गरी जग्गा प्राप्तीको योजना सुरु गर्न लागेको भन्दै विमानस्थल बन्न नसक्ने भए हेलिप्याड समेत बनाउने बताए ।

उनले १७ वटा विमानस्थल सञ्चालन योग्य भए पनि बन्द रहेकोले त्यसलाई चीनबाट जहाज आएपछि पुर्याउने गरी तयारी भईरहेको भन्दै अब टिकट नपाउने स्थितिको अन्त्य गर्न साउन १ गतेबाट ई–टिकेटिङ्गको ब्यवस्था गर्ने जानकारी दिए ।

मन्त्री पोख्रेलले सबै ठिक भए आगामि कार्तिक महिनासम्म दुई वटा वाईड बडी जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाएको जानकारी दिदै केही दिनमा आउन बाँकी चार वटा चिनियाँ जहाज पनि छिट्टै आउने बताए ।

उनले भने,‘ चिनियाँ जहाज खरिद गर्ने सम्झौता गरेर भुक्तानी भईसकेकोले त्यो ल्याउनै पर्छ तर मैले त्यसमा गर्नु पर्ने सुधारकोलागि अध्ययन गराएको छु । त्यसको प्रतिवेदन आएपछि विगतका कमजोरी सच्याएर जहाज आउँछ । बाईडबडी जहाज ल्याउने विषयमा प्रस्ताव म कहाँ आएको छ । अब यो अघि बढ्छ ।’

आगामी बर्षभित्र १० लाख पर्यटक नेपाल भित्राउने योजना सुनाउँदै मन्त्री पोख्रेलले हिन्दु र बुद्धिष्ट सस्कृतिलाई प्रर्वद्धन गर्ने बताए ।

उनले भने– ‘नेपालमा पोलिटिक, एडभेन्चर र एनजीओ पर्यटन कायम छ । धार्मिक र ससकृतिक पर्यटन आफै चलिरहेको छ । अब हिन्दू र बुद्धिष्ट कल्चरको प्रर्वद्ध गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्छ । त्यसकोलागि पुर्ननिर्माण गर्न दुई अर्बको टेण्डर लगाईसकेका छौ । बुद्ध र बुद्धिज्म नेपालमै जन्मिएको भन्ने सन्देश दिने योजनामा छु ।’

मन्त्री पोख्रेलले त्यसकोलािग आगामि जेठ ८ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती मनाउने, लुम्बिनी, पोखरा, नमोबुद्ध र दमकलाई जोडेर नेपालभित्रै बौद्ध सर्किट निर्माणको योजना सुनाए ।

नेपालको पर्यटन विकासकोलागि भारतीय र चीनीय पर्यटक नै मुख्य हुने भएकोले त्यसलाई हेरेर योजना बनाउन लागिएको भन्दै मोवाईल एप्सको विकास, म्याग्दीमा जिरो कार्वन टुरिजमकोलागि काम अगाडि बढाउने र विश्वभरीका पत्रकारहरुलाई नेपालमा ल्याएर नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने आफ्नो योजना सुनाए ।

मन्त्री पोख्रेलले पर्यटन आर्कषण गर्न अहिले विभिन्न देशले जारी गरेको ट्राभल एडभाईजरी नोटिस हटाउन लागेको भन्दै चीनले हटाईसकेको र अब चीनका विभिन्न शहरहरुमा डेस्क राख्ने तयारी भईरहेको जानकारी दिए ।