– सुधासुमन ढकाल
दाङ, ६ माघ । बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।
बुधबार नेपालगञ्जबाट घोराहीतर्फ जादै गरेको ना ५ ख ९७३ नम्बरको बसले फोर्टिनाईन चोकमा ठक्कर दिदा पैदल यात्री सल्यान शिवरथ ९ का ६० वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बुढाथोकीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनापछि गाडि चालक फरार भएका छन् । शवलाई पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।












प्रतिक्रिया