७ कार्तिक २०८३, शनिबार

खाडीमा कमाउन गएका यी २५ नेपालीहरूलाई प्रहरीले धमाधम खोज्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi news1काठमाडौं, ६ माघ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका २५ नेपाली ठगी अभियोगमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् ।

इन्टरपोलको नेपाल समन्वय शाखा (एनसिबी)ले सार्वजनिक गरेको २०१६ जनवरी १२ सम्मको सूचीअनुसार रेडकर्नरमा परेका अधिकांश नेपालीमाथि ठगीको अभियोग छ ।

युएई, कतार, साउदी अरेबिया र बहराइन सरकारको आग्रहमा इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई पक्राउका लागि रेडकर्नर नोटिस जारी गरेको समाचार नागरिक दैनिकले छापेको छ । सबैभन्दा धेरै यूएई सरकारको आग्रहमा नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।

एनसिबीले सार्वजनिक गरेको सूचीअनुसार यूएई सरकारको आग्रहमा १५ नेपाली विरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ ।

कतार सरकारको आग्रहमा ६, साउदी अरेबियाको आग्रहमा ३ र बहराइनको आग्रहमा एक नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।

खाडी मुलुकको आग्रहमा रेडकर्नरमा परेका २५ नेपालीमाथि ठगीको अभियोग छ ।

केही नेपालीमाथि लागेको आरोप अरेबिक भाषामा रहेकाले खुल्न सकेको छैन ।