काठमाडौं, ६ माघ । कांग्रेसले मरेका, पार्टी परित्याग गरेका तथा फाराम नै नभरेकालाई समेत क्रियाशील सदस्यको सूचीमा प्रकाशित गरेपछि भक्तपुर कांग्रेसमा खैलाबैला मच्चिएको छ ।
भक्तपुर कांग्रेसले निर्णय गरेर पठाएको भन्दा धेरै फरक र धेरै संख्यामा क्रियाशील सदस्यको सूची आएपछि खैलाबैला भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
कांग्रेसका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधरले जिल्लाले निर्णय गरेर पठाएको भन्दा धेरै फरक क्रियाशीलहरुको सूची सार्वजनिक भएको बताए ।
भक्तपुरको साविक बालकोट गाविस ९ बस्ने थीरकुमारी कार्कीको निधन भएको ६ वर्ष भएपनि उनको पनि क्रियाशील सदस्यमा नाम परेको छ ।
चक्रधरका अनुसार अन्य पाँच ६ जना पनि मरेका व्यक्तिहरु परेका छन् ।
हाल राप्रपा नेपालको भक्तपुर जिल्ला सचिव रहेका मुकुन्द कार्कीको नाम पनि कांग्रेसको क्रियाशील सदस्यमा आएको छ ।















प्रतिक्रिया