७ कार्तिक २०८३, शनिबार

कोरियामा नेपाली कै कारण नेपालीलाई यसरी हुँदैछ समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaकाठमाडौं, ६ माघ । भूकम्प र नाकाबन्दीका कारण दक्षिण कोरियामा गएका नेपाली अबैधरुपमा बस्नेक्रम फेरि बढ्न थालेको छ ।

कोरिया रहेका कुल कामदार मध्ये अबैधको संख्या पाँच प्रतिशत हाराहारीमा पुगिसकेको छ ।

कोरियाले अबैध पाँच प्रतिशतभन्दा माथि जाने बित्तिकै सम्बद्ध मुलुकलाई अलर्ट गर्दै कामदार लिन रोक्ने चेतावनी दिने गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

दुई वर्ष अघि कोरियाले नेपाल सरकारलाई गैरकानुनीको संख्या पाँच प्रतिशतभन्दा माथि कुनै हालतमा जान नहुने भन्दै तत्काल घटाउन भनेको थियो ।

घटाउन नसके नेपाली कामदार लिन बन्द गर्ने चेतावनी दिएपछि सरकारले स्वदेश फिर्ता भएकालाई स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्न ऋण दिने घोषणा गरेको थियो ।

चार बर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार कोरियाको कानुन अनुसार स्वतः गैरकानुनी हुन्छ ।

केरियामा रोजगार अनुमति प्रणालीमार्फत ३४ हजार पाँच सय जना नेपाली युवा काम गर्न पुगेका छन् ।