काठमाडौं । स्वयम्भू क्षेत्रमा गुन्डागर्दी गर्ने बाघे भनिने सुकबहादुर तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले उनलाई झैझगडा गरेको आरोपमा पक्राउ गरेको हो ।
राप्रपाका नेता लालकाजी लामासँगको विवादमा उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । स्थानीय जग्गा एकीकरण उपभोक्ता समितिको चुनावमा बाघे र लालकाजी अध्यक्षमा उठ्न लागेका थिए । उपभोक्ता समितिको चुनाव ९ गते हुन लागेको छ ।
बाघेलाई पक्राउ गरे पनि उनीविरुद्द औपचारिक उजुरी भने परेको छैन । अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले बताए । उनको गतिविधिबारे बुझ्ने काम भइरहेको एसएसपी थापाले बताए । बाघेले आफूलाई उपभोक्ता समितिको अध्यक्ष हुनबाट रोक्न षड्यन्त्र गरिएको बताएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया