७ कार्तिक २०८३, शनिबार

ज्यान लिन खोज्ने ‘नाङ्लो बेकरी’ यसरी भयो बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ५ माघ । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले मानव स्वास्थ्यलाई हानी गर्ने गरी खाद्य पदार्थ उत्पादन गरेको अभियोगमा सोमबार सानेपास्थित नाङ्लो बेकरीे बन्द गराएको छ ।

नाङ्लो बेकरीबाट उत्पादित केक प्रयोग गरेका एक उपभोक्ता बान्ता गरेर बिरामी परेपछि उक्त बेकरीमा शिलबन्दी गरिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

बेकरीले नयाँबानेश्वरस्थित दि बेकरी क्याफेबाट केक बिक्री गर्दैआएको थियो । विभागका महानिर्देशक सञ्जीव कर्णका अनुसार बानेश्वरको दि वेकरी क्याफेबाट किनेको केक खाँदा उपभोक्ता बिरामी परेका थिए ।

‘उपभोक्ताको उजुरीको आधारमा अनुगमन गर्दा केक गुणस्तरहीन भेटिएपछि उत्पादन र सञ्चालनमा रोक लगाएका छौंँ’, महानिर्देशक कर्णले भने ।

उनका अनुसार अनुगमनका क्रममा दि बेकरी क्याफेले आफूले सानेपास्थित नाङ्लो बेकरीको केक पेष्ट्री कारखानाबाट खरिद गर्दै आएको जानकारी दिएका थियो ।

बिक्री नभएको केक उत्पादन गर्ने उद्योगलाई नै फिर्ता पठाउँदै आएको बताए पनि फिर्ता नपठाइएको पाइएको छ । केक पेष्ट्रीले उत्पादनको अनुमति पत्रसमेत नलिएको पाइएपछि उत्पादन केन्द्रमै शिलबन्दी गरिएको छ ।