३० आश्विन २०८३, शुक्रबार

साउथ अफ्रिकाको डर्बानमा एक नेपाली युवा अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sauth-Africa

वासिंटन डिसी । नेपाल ताप्लेजुंग घर भएका नैना कुमार सान्बा लिम्बु साउथ अफ्रिकाको डर्बानमा अलपत्र परेका छन् ।

सात महिना अघि अबैध रुपमा रोजगारीका लागि त्यहा पुगेका उनी संगै जाने नेपाली साथीसंग झगडा भै उनले स्थानीय गुण्डाहरु लगाई ज्यान मार्ने धम्की दिएकाले लुकेर बसेका छन् ।

उनले तुरुन्त नेपाल फिर्ता जान चाहेको र सहयोगका लागि अनुरोध गरेकाले गैर आवासीय नेपाली संघले यसका लागि पहल शुरु गरेको छ ।

उनीसंग फोनमा कुरा गर्दा उनको स्थिति असहज रहेको र यस बारेमा संघका कोषाध्यक्ष हिक्मत थापा र आफूले साउथ अफ्रिकास्थित नेपाली दूतावासलाई सहयोगको लागि अनुरोध गरेको जानकारी संघका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीले गराए ।

उनले भने– ‘संघको साउथ अफ्रिका राष्ट्रिय समिति र स्थानीय एनआरएनहरु संग पनि सहयोगका लागि पहल भै राखेको छ ।’