३० आश्विन २०८३, शुक्रबार

यूएईमा गर्जिए थारु नेता राजकुमार लेखी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajkumar-Lekhi

– त्रिलोचन कोइराला
यूएई, ४ माघ । थारु नेता राजकुरमा लेखीले आदिवासी जनजातीको अधिकारको लडाई जारी रहेको बताएका छन् ।

शनिबार नेपाल आदिवासी जनजाती महासंघको कार्यक्रमलाई युएईमा सम्बोधन गर्दै लेखीले अधिकार प्राप्तिका लागि थारु आन्दोलन जारी रहेको बताए ।

नेपालका आदिवासी जनजातिले २ सय ५० वर्ष पुरानो एकल जातीय अधिकार र केन्द्रिकृत राज्यको निकासका लागि बहुजातीय राज्यको माग गरेको बताउँदै लेखीले कुनै अन्य जातिको अधिकार खोस्न आन्दोलन नगरिएको बताए ।

लेखीले थारुका जायज माग मधेशका जायज मागलाई जनजातिका जायज मागलाई शान्तिपूर्ण आन्दोलनमार्फत सम्बोधन नगरिए देशभित्र बसेरै आफूले वर्षौसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । साम्प्रदायिक अराजकतामा हत्या हिंसात्मक बाटोबाट माग पुरा हुनेमा विश्वास नगर्ने भन्दै आफूहरु मुलधारको आन्दोलनको पक्षमा रहेको नेता लेखीले बताए ।