
– रवि रोषी
दोहा । कपिलवस्तु मुस्लिम समाजमा अख्तर हुसेन अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । २ जना सल्लाहकार तथा ११ सदस्यीय कार्यसमितीको शुक्रवार १५ जनवरीका दिन सर्वसम्मतवाट चयन गरिएको हो ।
अख्तर हुसेन गड्डीको अध्यक्षतामा बसेको परिचायत्मक कार्यक्रम तथा कार्यसमिती चयनका क्रममा अख्तर हुसेन गड्डी अध्यक्ष, मोहम्मद मोइन प्रथम उपाध्यक्ष, सलालुद्यिन मुसलमान द्धितिय उपाध्यक्ष, शुकरान अहमद फारुकी महासचिव, जुबैर अहमद सचिव र मोहम्मद हुसन कोषाध्यक्षमा सर्वसम्मत पाएका हुन् ।
त्यस्तै गरी कार्यसमिती सदस्यहरुमा अख्तर हुसैन, अब्दुल कलाम मुसलमान, याकुव मुसलमान, अब्दुल रब मुसलमान, असरार अहमद मुसलमान र २ सदस्यीय सल्लाहकार सदस्यमा हजरत अलि र मुहम्मद मुक्तदा मुसलमान रहेका छन् ।

समाजका अख्तर हुसेनको सभापतित्वमा आयोजित परिचायत्मक कार्यक्रममा नेपाली मुस्लिम सेवा समाजका अध्यक्ष अब्दुल हाफिज मियाँ प्रमुख अतिथी रहेका थिए भने समाजका डा. अजिजुर रहिमान शेख, हुसेन खान, हजरत अलि, मुहम्मद मुक्तदा मुसलमान लगायतका ब्यक्तिहरु अतिथीमा रहेका थिए ।
नवनिर्वाचित कार्यसमिती गठन प्रक्रियापछि वक्ताहरुले बोल्ने क्रममा अख्तर हुसेनले संस्था भनेको सबै बीच प्रेम र भाईचाराको आत्मिय सम्बन्ध बढाउने पवित्र संगम हो भन्दै यसमा सबै कपिलवस्तुवासी मुस्लिम दाजुभाईहरु आवद्ध भई जिल्लामा भैपरि आउने समस्याहरु मिलेर निराकरण गर्ने, शैक्षिक स्वास्थ्य क्षेत्रमा संस्थाले सकेको सहयोग गरेर आफ्नो क्षेत्रलोई हुने र सक्नेले सहयोग पुर्याउनु नै संस्था गठन गर्नुको उद्धेश्य रहेको बताए ।

नेपाली मुस्लिम सेवा समाज कतारका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी अब्दुल हाफिल मियाँले हामी सामाजिक अधिकार, धार्मिक पहिचान र धार्मिक ओजलाई निरन्तरता दिई धार्मिक संस्कृतिको बचाव, संवर्धन र कतारमा तथा आफु सम्बद्ध जिल्लामा विभिन्न खाले परोपकारी तथा सामाजिक क्रियाकलाप गर्न समाजबाट मात्र सहज हुने र समाजबाट सञ्चालित सामुहिक अभियानलाई सफल पार्न सबै मुस्लिम साथीभाई बीच एकताको भावनाको खाँचो हुने भएकोले यस नवनिर्वाचित कार्यसमितीलाई चुस्त राख्न सवैको उत्तिकै जिम्मेवारी र दायित्व छ भनी प्रष्ट पारे ।
कार्यक्रममा हजरत अलि मुसलमानले स्वागत मन्तव्य दिएका थिए भने कपिलवस्तु मुस्लिम समाजको अध्यक्ष जस्तो गरिमामय पद र जिम्मेवारी दिएकोमा आफुले सबै संग सहकार्य गरी संस्थाको गरिमालाई उँचो राख्ने काममा कुनै पनि कसुर नछोड्ने कुरा नवनिर्वाचित अध्यक्ष अख्तर हुसेन गड्डीले बताए ।















प्रतिक्रिया