
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणका बारेमा उत्तरी टिमेकी चीनले औपचारिक र अनौपचारिक रुपमा चासो व्यक्त गर्न थालेको छ ।
भारतभन्दा पहिले प्रधानमन्त्री ओलीलाई आफ्नो मुलुक भ्रमण गराउने चाहना व्यक्त गरेका चिनियाँ अधिकारीले ओली सरकारका मन्त्रीहरुसँग उनको भारत भ्रमणबारे चासो व्यक्त गर्न थालेका हुन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुँदैछ ?’ वन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटालाई बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन फिङ सियाङल बिहीबार सोधेका थिए ।
जवाफमा मन्त्री सापकोटाले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भइरहेको छ ।’ भारतको नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे सापकोटाले छनसित चिनियाँ अधिकारीहरुलाई जानकारी गराए पनि उनीहरुले त्यसबारे थप टिप्पणी गरेका थिएनन् ।
सापकोटा ६ दिने चीन भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्किएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया