७ कार्तिक २०८३, शनिबार

सरकारले बढायो तलब, कति पुग्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singhdurbar2काठमाडौं । सरकारले औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको मासिक न्यूनतम पारिश्रमिक १ हजार ७०० रुपैयाँ वृद्धि गरेको छ । योसँगै मजदुरको मासिक न्यूनतम तलब ९ हजार सात सय रुपैयाँ हुनेछ ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठको संयोजकत्वमा सरकार र रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिसहितको न्यूनतम पारिश्रमिक पुनरावलोकन समितिले मजदुरको पारिश्रमिक निर्धारणसम्बन्धी सहमति जुट्न नसकेपछि पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

पटकपटकको छलफलमा रोजगारदाता र ट्रेड युनियन आआफ्नै अडानमा देखिएपछि समितिले पारिश्रमिक वृद्धिको जिम्मा सरकारलाई दिएको थियो । कारोबार दैनिकमा खबर छ ।