
काठमाडौँ, ४ माघ । चिनियाँ नागरिकले नेपाललाई मन पर्ने छिमेकी देशको रुपमा रोजेको एक सर्वेक्षणले देखाएको छ। ग्लोवल टाइम्सले गरेको इन्टरनेट सर्वेक्षणमा चिनियाँ नागरिकले पाकिस्तान र काजकिस्तानपछि नेपाललाई मन पर्ने छिमेकी छनोट गरेका हुन्।
बेइजिङबाट प्रकाशित हुने पत्रिका ग्लोवल टाइम्सको चिनियाँ भाषाको अनलाइनमा ‘हाम्रो छिमेकी छानौँ’ शीर्षकमा केही दिनअघि सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा चिनियाँ नागरिकलाई मन पर्ने छिमेकी देशहरू छनोट गर्न तथा यदि विश्व मानचित्रलाई पुर्नसंचना गर्न सकिने भए कुन देशलाई नयाँ छिमेकीको रुपमा छनोट गर्नुहुन्छ भनि सोधिएको थियो। पत्रिकाको प्रश्नमा दुई लाख चिनियाँले अनलाइनमा भोट दिएका थिए।
चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ग्लोवल टाइम्स बेइजिङमा कडा राष्ट्रवादी धारको पत्रिका मानिन्छ। अनलाइन सर्वेक्षणले भारत भन्दा पाकिस्तानलाई चिनियाँले छिमेकीको रुपमा रुचाएको देखाएको छ ।
चिनियाँले सिमा साझेदारी गर्न मन पराउने छिमेकी देशहरूमध्ये पाकिस्तान सबभन्दा माथि छ। ११,८३१ जनाले पाकिस्तान छनोट गरेका छन् । चिनियाँले छिमेकीको रुपमा मन पराएको दोस्रो काजकिस्तान (१०,११८), तेस्रो नेपाल (१०,१०८) र चौथो ताजकिस्तान (९,५८४) छन् । रुस एघारौँ स्थानमा आएको छ । नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया