७ कार्तिक २०८३, शनिबार

रङशालामा रक्सी, गिलासदेखि मःम खाने टपरी र चनाका खोस्टासम्म

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fohar Rangasala Ktm Nepalकाठमाडौं, ४ माघ । रंगशालाको ट्रयाक र मैदानभित्र फोहोरको डंगुर छ । रक्सीका फुटेका बोतलका टुक्रा जताततै छरिएका छन् ।

१२औँ दक्षिण एसियाली खेलकुद (साग)को प्रशिक्षणमा रहेका खेलाडी सिसाका टुक्रा नाघ्दै अभ्यास गर्न बाध्य छन् । सागको तयारी गरिरहेका एथलेटिक्स, महिला फुटबल र हक्की खेलाडीको प्रशिक्षणमा प्रत्यक्ष असर परेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले रंगशालालाई खेलकुदको विकासका लागि भन्दा पनि गैरखेलुकद गतिविधिका लागि भाडामा दिएर पैसा कमाउने माध्यम बनाएको छ । एक दिन भाडामा दिएबापत २५ हजारसम्म आउने भएकाले परिषद्ले रंगशालालाई बेचिखाने भाँडो बनाएको छ ।

लाडीले रंगशालामा खेलकुदबाहेकका कार्यक्रममा प्रतिबन्ध लगाउन माग गर्दै आएका छन् । तर, परिषद्ले ध्यान दिएको छैन । आइतबार फोहोरकै थुप्रोबीच अभ्यास गरिरहेका कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितले पनि भने, ‘रंगशाला विशुद्ध खेल गतिविधि गर्ने स्थान हो, खेलकुद परिषद्ले कडाइका साथ खेलकुदबाहेकका कार्यक्रमलाई प्रतिबन्ध लगाउनुपर्छ ।’

जम्मा २५ हजारमा रंगशालाको व्यापार

१० करोड लगानीमा रंगशालाको पुनर्निर्माण थालिएको थियो । तर, गत १२ वैशाखमा गएको भूकम्पले पुनर्निर्माणको बजेट बढेको छ । भूकम्पले क्षति पुर्‍याएपछि असारमा सकिने काम थप एक वर्षका लागि धकेलिएको छ । यसअघि १८ हजार दर्शक अट्ने खुला प्याराफिटमा कुर्सी राखेपछि १५ हजार दर्शक मात्रै अटाउनेछन् ।

अहिले रंगशालाको खुला प्याराफिटतर्फ कुर्सी तथा छानो राख्ने काम भइरहेको छ । तर, २५ हजार रुपैयाँको लोभमा देशको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशालालाई दुर्गन्धित बनाइएको छ ।

१ माघमा माघी महोत्सव आयोजक थारू कल्याणकारी सभालाई एक दिनको साढे १२ हजार लिने गरी भाडामा दिइएको थियो । दुई पक्षबीचको सम्झौताअनुसार आयोजकले कार्यक्रम सम्पन्न भएपछि रंगशाला पहिलेकै अवस्थामा ल्याउनुपर्छ । तर, माघी महोत्सव आयोजकले चार दिनसम्म पनि रंगशालाबाट फोहोर हटाएको छैन ।

रंगशालामा दलका चियापानदेखि सांगीतिक कार्यक्रमसम्म

१८ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालामा राजनीतिक दलका चियापानदेखि सांगीतिक कार्यक्रमसम्म हुने गरेका छन् ।

थारूहरूले गरेको कार्यक्रम रंगशालाका लागि पहिलो होइन, पाँच वर्षअघि चर्चित पपगायक ब्रायन एडम्सको कन्सर्ट आयोजना गरिएको थियो । संविधान जारी भएको खुसीयालीमा गत असोजमा एमालेले रंगशालामै चियापान कार्यक्रम गर्‍यो ।

आगामी २० देखि २३ फागुनसम्म हुने कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन पनि रंगशालामै हुँदै छ । कांग्रेसले यसअघि दसैँमा चियापान पनि यही मैदानमा गरेको थियो ।